१६ मंसीर । सुर्खेत क्याम्पस (शिक्षा) स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा कर्णाली प्रदेशस्तरीय अन्तर क्याम्पस पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । वीरेन्द्रनगरमा शुरु भएको त्रिभुवन विश्वविद्यालय उपकुलपति कपमा कर्णाली प्रदेशका ८ वटा क्याम्पसका खेलाडीले प्रतिस्पर्धामा भाग लिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले आइतबार उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।
खेलमा कर्णाली प्रदेशका सुर्खेत क्याम्पस शिक्षा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत, मोडेल कलेज सुर्खेत, नारायण क्याम्पस दैलेख, तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, जुम्ला बहुमुखी क्याम्पस जुम्ला, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेत र चर्तुदेब हिरा सुरेन्द्र पुर्ण क्याम्पस मुगुले भाग लिएका छन् ।
आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चर्तुदेब हिरा सुरेन्द्र पुर्ण क्याम्पस मुगु बीच भएको भएको उद्घाटन खेलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले जीत हात पारेको छ ।
उद्घाटन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत क्याम्पस शिक्षाका सभापति चक्रबहादुर शाहीले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलको आयोजना गरिएको बताए ।
प्रतिकृया दिनुहोस्