१७ मंसिर । अमरज्वति क्याम्पसको आयोजनामा महिला हिंसा न्युनिकरणका लागि विद्यार्थीको भूमीका विषयक वक्तृत्वकला सम्पन्न भएको छ ।
क्याम्पसको छैटौं वार्षिकोत्सव र महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सोमबार आयोजित वक्तृत्वकलामा ९ जना विद्यार्थीले भाग लिएका थिए ।
वक्तृत्वकलामा योगेन्द्र पौडेल प्रथम, उषा गौतम द्वितीय, तेज बहादुर थापा तृतीय र दीपा आचार्य सान्त्वना भए । यसैगरी अन्य प्रतियोगीमा डिल्ली सिङ, महेन्द्र थापा मगर, एशोदा सुवेदी, पुर्ण विश्वकर्मा र बिमला पौडेल सहभागी थिए ।
स्थान हासिल गर्नेलाई मंसिर १९ गते वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने क्याम्पस प्रमुख देवी तिवारीले जानकारी दिइन् ।
कार्यक्रममा अमरज्वति माविका प्रअ खगेन्द्र थापाले समाजमा जडो गाडेर रहेको पितृसत्ताको कारण महिलाहरुले हिंसा भोगिरहनु परेको बताए ।
पुरुषहरु पनि हिंसामा रहेको तथ्य प्रस्तुत गर्दै उनले तुलनात्मक रुपमा पुरुषहरुले नै महिलाहरुमाथी धेरै हिंसा गरेको तर्क गरे । हिंसा रहित समाज निर्माण गर्न आफू र आफ्नो घरबाट सूरुवात गर्न विद्यार्थीलाई आग्रह समेत गरे ।
वीरेन्द्रनगर नगरपालिकाका महिला विकास अधिकृत मञ्जु पाण्डेको संयोजकत्वमा पत्रकार टीका विष्ट र उक्त क्याम्पसका नेपाली शिक्षक भूपेन्द्र विसीको निर्णायक मण्डल थियो ।
प्रतिकृया दिनुहोस्