Birendranagar Municipality

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

सेरोफेरो
कर्मचारी समायोजन अध्यादेश स्वीकृत

१८ मंसिर । सोमबार बेलुका बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक नगरिएपनि बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारी अहिले पोल्याण्ड भ्रमणमा छन् । उनी फर्किएपछि अध्यादेश जारी हुने र कानुनी हैसियत प्राप्त गर्ने स्रोतले जनाएको छ । अध्यादेश गएको शुक्रबार कानुन मन्त्रालयले मन्त्रीपरिषदमा पठाएको थियो ।

 

अध्यादेश जारी भएपछि प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रिया सुरु हुनेछ । केन्द्रमा कार्यरत कर्मचारी यसअघि पारित भएको कर्मचारी समायोजन ऐन अनुसार समायोजन प्रक्रियामा सहभागी हुन नमानेपछि अध्यादेश ल्याइएको हो ।

 

अध्यादेशमा प्रदेश र स्थानीय तहमा जाने कर्मचारीका लागि ग्रेड बृद्धिसहितका सुविधाको व्यवस्था गरिएको छ । यसैगरी माथिल्लो तहको पदका लागि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पनि छ ।

२०७५ मंसिर १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्