Birendranagar Municipality

जेठ ३१ को निर्वाचन विथोल्ने राजपाको घोषणा

सेरोफेरो

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 


शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा गरी राजपाले जनसंख्याका आधारमा स्थानीय तहको निर्धारण गर्नुपर्ने, मतदाता मानावलीमा छुटेकाहरुको नाम समावेश लगायतका माग पुरा गर्नु पर्ने लगाएतका मागहरु राखि निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।


जसमा १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने छन् । गठवन्धनले १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ र उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने चेतावनी समेत दिएको छ ।


यसैगरी चुनाव चिन्ह नदिएर चुनावमा सहभागिता निषेध गरेको संघीय गठवन्धनले चुनावमा जाने बताएको छ । राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।

 

२०७४ जेठ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्