१८ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्तको घटनामा प्रहरीको गम्भिर कमजोरी गरेको बताएका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार सुर्खेत आएका मन्त्री ज्ञवालीले सुर्खेत विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरीको गम्भिर कमजोरीको कारण अनुसन्धान गलत दिशामा गएको र जसको कारण अपराधि पत्ता नलागेको जिकिर गरे ।
निर्मला काण्ड अत्यन्त पीडादायी भएको भएको बताउँदै उनले भने ‘यो घटनाको अनुसन्धान शुरुबाटै गलत दिशामा गएकोले अपराधि पत्ता लगाउन सकेका छैंर्टाैं । अपराध गर्ने व्यक्ति राजनीतिसंग जोडिएको वा जो कोहि भएपनि कानुनको नजरमा समान हो । उन्मुक्ति पाउँदैन ।’
बालिकामाथी पासविक अपराध गर्नेलाई आजिवन कारावासको कानून ल्याएको जानकारी दिए । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मलाको घटनालाई इङ्गित गर्दै उनले भने ‘महिला हिंसाका घटनामा अदालत, प्रहरीलाई गम्भिर बनाएपनि कतिपय घटना नियन्त्रण गर्न सकिएको छैन ।’ बालिका तथा महिलाहरुले आफूमाथीको हिंसाको प्रतिकार गर्न सके हिंसा घट्नसक्ने उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सरकारले ९ महिनामा विगतका सरकारका भन्दा निकै ठूला उपलब्धि हासिल गरेको दावि गरे ।
भ्रष्ट्राचार न्युनिकरण, स्वरोजगार, जलविद्युत, सिचाईँ लगाएत जनताको हितसंग जोडिएका सामाजिक सुरक्षा योजना जस्ता प्रभावकारी योजनाहरु चाँडै जनतासमक्ष ल्याउने उनको भनाई थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथी हुने हिंसा न्यूनीकरणका लागि सरकारले कडा कदम चाल्ने बताइन् ।
महिलालाई हेर्ने दृष्टिकोण पहिले भन्दा केहि परिवर्तन भएपनि विभिन्न कारण विभेद कायमै रहेको धारणा राखिन् ।
प्रतिकृया दिनुहोस्