Birendranagar Municipality

बालबालिकाका लागी कर्णालीमा कस्तो नीति बन्दैछ ?

सेरोफेरो/सुर्खेत
बालबालिकाका लागी कर्णालीमा कस्तो नीति बन्दैछ ?

१८, मंसिर । बालबालिकाका लागी कर्णाली प्रदेशमा उत्कृष्ट नीति बनाइने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् ।


मंगलबार वीरेन्द्रनगर सुर्खेतमा नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आयोजना गरेको प्रादेशिक तहमा बालसंरक्षण प्रणाली कार्यशाला गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हुन् ।


भने ‘कर्णाली प्रदेशमा रहेका आजका बालबालिका भोलीका नेतृत्व हुन् । त्यसैले कर्णालीमा उत्कृष्ट बालनीति बनाएर अगाडि बढ्नु जरुरी छ ।’ बालबालिकाहरुको संरक्षणका लागी सरकार गम्भिर रहेको भन्दै मन्त्री रावलले कानुन निर्माणका लागी आंफुले पहल गर्ने बताए ।


बालबालिकाको संरक्ष्ँणको लागी प्रदेश तथा स्थानिय तहमा कस्तो अभ्यास भएको छ र कसरी अगाडि बढ्नु पर्दछ भन्ने मुख्य छलफल गर्नका लागी कार्यक्रमको आयोजना गरिएको नेपाल बाल मजदुर सरोकार केन्द्र सिविनका कार्यक्रम प्रबन्धक मधु दवाडिले जानकारी दिए ।


‘हरेक बालबालिकाको संरक्ष्ँणको लागी सरकारले नीति बनाउनु पर्छ । बालबालिकाका लागि बजेट समेत छुट्याइनुपर्छ ।’ कार्यक्रममा बोल्दै बालअधिकारकर्मी रमा भण्डारीले बालबालिकाहरु सडक पेटिबाट उठाई आश्रममा राख्ने व्यवस्था गर्नुपर्ने बताएकी थिइन् ।


कार्यक्रममा कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट लगाएतका ८ वटा जिल्लाबाट बालअधिकार कर्मी, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाका प्रमुख जमुना पौडेल, बालअधिकारकर्मी भण्डारी, विभिन्न बाल क्लवका बालबालिकाहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा सहभागी अधिकांश बालअधिकार कर्मीहरुले सडक पेटिमा रहेका बालबालीको उद्धार र बालमजदुरहरुको उद्धारको लागी सरकार गम्भिर हुनुपर्ने बताएका थिए ।


स्थानिय तहले समेत बालबालिकाहरुका लागी छुट्टै कार्यक्रम नदिएको गुनासो समेत अधिकारकर्मीहरुको थियो ।

२०७५ मंसिर १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्