Birendranagar Municipality

उद्यमशिलता बाट समाज सेवा गर्ने युवाहरुको प्रतिवद्धता

सेरोफेरो
उद्यमशिलता बाट समाज सेवा गर्ने युवाहरुको प्रतिवद्धता

१९ मंसिर । उद्यमशिलताबाटै समाजको सेवा गर्ने युवाहरुले बताएका छन् । बुधबार संयुक्त राष्ट्संघ युएनडिपीको सहयोग आयोन नेपालको आयोजना तथा भिएसओ नेपाल, हुरेक नेपाल र विभिन्न संघसंस्थाहरुको समन्वयमा वीरेन्द्रनगर सुर्खेतमा सामुदायिक सबलीकरणमा स्वयम्सेबक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । 

 

अन्र्तराष्ट्रिय स्वयम्सेवक दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सुर्खेत जिल्लामा सक्रिय रुपमा उद्यम गरिरहेका ३० जना बढि युवा उद्यमीहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा युवा उद्यमीहरुले संघ, प्रदेश र स्थानिय सरकारले युवा उद्यमीहरुको लागी योजना बनाएर जानुपर्ने बताए थिए । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर ४ मा खरायो पालन गर्दै आएका रमेश रानाले युवाहरुलाई सरकारले पनि स्वय्सेवक बन्नका लागी प्रेरणा दिनुपर्ने बताए । उनले भने ‘स्वयम्सेवक भनेकै उद्यमी हुन् । उनीहरुको लागी सरकारले उन्प्रेरणाका कार्यक्रमहरु ल्याउनु पर्दछ ।’


त्यस्तै आफर होमस्टेकी संचालक रचना बांठाले महिला उद्यमीका लागी समेत सरकारले बजेटको व्यवस्था गरिदिनुपर्ने बताईन् । कार्यक्रममा उपस्थित युवाहरुले उद्यमलाई कसरी स्वयम्सेवामा जोड्न सकिन्छ भन्ने सवालमा समेत छलफल गरेका थिए ।


छलफलमा स्थानिय सरकारको पहलबाटै स्वयम् सेवकको लागी सम्मानको कार्यक्रम, स्वयम्सेवक निती निर्माण, चार्डवार्डको अवसर पारेर जनचेतनाको कार्यक्रम, लगाएतका कामहरु तत्काल गर्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा हामी नेपाली र हाम्रो विकास विषयमा ओमप्रकाश थापाले प्रस्तुतीकरण समेत राखेका थिए । त्यस्तै युवा उद्यमीहरुले जनप्रतिनिधी र युवा परिषद्का पदाधिकारीकहरुलाई प्रत्यक्ष रुपमा प्रश्न गर्ने अवसर समेत प्राप्त गरेका थिए ।


कार्यक्रममा जिल्ला युवा परिषदका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले युवाहरुको उद्यमशिलता विकासमा युवा परिषद समेत लागी परेको बताए । युवा परिषदले समेत युवाहरुलाई लक्षीत गरी विभिन्न कार्यक्रमहरु संचालन गरीरहेको जानकारी दिए ।


उद्यमीहरुको प्रश्नमा जवाफ दिंदै कर्णाली प्रदेश सभा सांसद पद्मा खड्काले उद्यमीहरुका लागी सम्मानको वातावरण सिर्जना हुनेगरी काम गर्न सरकारलाई दबाब दिने प्रतिवद्धता व्यक्त गरिन् ।


कार्यक्रममा सफल उद्यमीको कथा सेयर समेत गरिएको थियो । कार्यक्रममा बोल्दै आयोन नेपालका केन्द्रिय सदस्य जगदिश कुमार आयरले कार्यक्रमबाट आएका युवाका सुझाबहरुलाई सम्बिन्धित निकाय समक्ष पु¥याउन सहयोग गर्ने बताए । 

२०७५ मंसिर १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्