२० मंसिर । करिब चारमहिना अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तको न्यायका लागी सुर्खेतमा पनि बृहत दवाब र्याली निकालीएको छ ।
जस्टिस फर निर्मला भन्ने मुल नाराका साथ निकालिएको बृहत दबाब र्यालीमा सरकार भेटियो न्याय भेटिएन, बलात्कार सबैभन्दा ठुलो अपराध हो, संविधानमा बलात्कारीलाई फांसीको व्यवस्था गर लगाएतका नारासहित युवाहरु सडकमा उत्रियका थिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा बिएएलएलवी प्रथम वर्षमा अध्यनरत विद्यार्थी र स्वतन्त्र नागरिकको अगुवाईमा र्यालीको आयोजना गरिएको विद्यार्थी सन्दिप कुमार यादबले जानकारी दिए ।
करिब ३ सय बढि सचेत नागरिक र विद्यार्थी रहेको शान्तिपुर्ण र्याली स्थानिय मंगलगढि चौकबाट आंखा अस्पताल हुंदै वीरेन्द्रचौकमा आई कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै उच्च अदालत बारएसोसियसनका अध्यक्ष उत्तमकुमार आचार्यले निर्मलाले अहिले सम्म न्याय नपाउनु प्रशासनको कमजोरी भएको भन्दै यसको जिम्मा पनी प्रशासनले नै लिनु पर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा सामाजिक अभियान्ता हरी उपाध्याय, सचिन तिमिल्सीना, रचना पौडेल, विवेचना खनाल, सुरेश सुनार लगाएतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्