२० मंसिर । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस) पार्कको आयोजना तथा आयोन नेपाल,हुरेक नेपालको समन्वयमा युवासंग यौन परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । आरएच आरएनको सहयोगमा भएको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा ३० भन्दा बढि युवाहरुको सहभागीता भएको थियो । कार्यक्रममा सहभागी युवाहरुले अझै पनी यौनलाई लाजको रुपमा हेरिने भएकोले जगन्य रोगबाट महिलाहरु ग्रसित हुनुपरेको बताएका थिए । विशेषरी यौन महिला र पुरुष दुवैको आवश्यकताको विषय भएपनी यसले प्रत्यक्ष रुपमा महिलालाई असर गर्ने सहभागी विमला सुनारले बताईन् ।
उनले भनिन् ‘ शारिरीक रुपमा हुने परिवर्तनका कारण महिलालाई नै बढि जोखिम भएको छ । महिनावारी भएकोबेलामा छाउपडि बस्नुपर्ने,गर्भाअवस्थामा स्याहार नपाउंदा मर्नुपर्ने बाध्यता महिलालाई छ ।’ यौनको विषयलाई लिएर लाज मान्ने प्रबृत्तिले समेत बढि समस्या देखापरेको सुनारको भनाई रहेको थियो । त्यस्तै कार्यक्रममा सहभागी अनिता केसीले ग्रामीण क्षेत्रसम्म अस्थाई साधन तथा स्वास्थ्यकर्मीको अभाावका कारण पनी महिलाहरुलाई यौन तथा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या पर्ने गरेको बताईन् ।
कार्यक्रममा बोल्दै आयोन नेपालका केन्द्रिय सदस्य जगदिश अयरले युवाहरुका लागी यस्तो खालको कार्यक्रम प्रभावकारी हुने बताए । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास सिडिएस पार्कका अध्यक्ष अजबहादुर शाहिले कर्णाली प्रदेश अझैपनी यौनलाई लिएर संकुचित भएको भन्दै यस्ता खालका कार्यक्रम युवा समक्ष पस्किंदा भविष्यमा यौन प्रतिको सोच बदलिने बताए ।
प्रतिकृया दिनुहोस्