२० मंसिर । संसार भर राज्य आफैले अपराध गर्ने संविधान विद तथा सर्वोच्चका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सेनाले बताएका छन् । निर्मला हत्याकाण्डले यो कुरालाई समेत पुष्टि गरेको उनले बताए ।
सेरोफेरो सम्वादसंग कुरा गर्दे पूर्व रजिष्ट्रार तिमिल्सेनाले न्यायक्षेत्रलाई राजनितीले हस्तक्षेप गरेकोले न्याय र लोकतन्त्र धरापमा परेको उनले बताए । अदालतहरुमा पहिला भन्दा न्याय सम्पादनमा नयाँ प्रविधिहरुको प्रयोगले केहि छिटो छरितो भएतापनि सर्वोच्च अदालतमा मुद्दाको चाप बढिरहेको बताए ।
उनले भने "म रजिष्ट्रार हुँदा २४ हजार मुद्दाहरुलाई सही व्यवस्थापन गरी ७ हजारमा पुर्याएको थिए ।" उनले भने अहिले मुद्दाहरु करिव ३० हजार पुगेको छ । मुद्दाको बर्गिकरण नहुँदा एउटै मुद्दाले दिन खाने र सानो मुद्दाहरुको पालो नआउने समस्याका कारण मुद्दाको संख्या बढेको उनको भनाई छ ।
कुराकानी हेर्नुहोस्
प्रतिकृया दिनुहोस्