Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार मल्ल निलम्बित

सेरोफेरो

२० मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल निलम्बनमा परेका छन् । उनी निलम्बित भएसंगै सहप्राध्यापक यामबहादुर कार्कीलाई रजिष्ट्रार नियुक्त गरिएको छ ।

 

रजिष्ट्रारले पदीय आचरण अनुरुपको व्यवहार नगरेको भन्दै विश्वविद्यालय सभाका एक चौथाई सदस्यले बिहिबार कुलपति समक्ष निवेदन दिएका थिए । बिहिबार नै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समिति गठन गरी मल्ललाई निलम्बन गरेका हुन् ।

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ बमोजिम सिनेटको कुनै एक सदस्यको अध्यक्षतामा शिक्षा मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका १ जना सदस्य रहेको छानविन समिति गठन हुने व्यवस्था छ ।


छानविन प्रकृया शुरु भएपनि यसबारे अहिले केही भन्न नमिल्ने विश्वविद्यालयका एक जना डीनले सेरोफेरोलाई बताए ।


त्रिभुवन विश्वविद्यालय स्वास्थ्य केन्द्रीय विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत कार्की केही समय यता मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायमा डिन थिए ।

२०७५ मंसिर २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्