२१ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्नातक तहमा हाईड्रोपावर इन्जिनियर पढ्ने विद्यार्थीहरुका लागि दुई दिने कार्यशाला गोष्ठीको आज उद्घाटन गरिएको छ । पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका ५ जना विज्ञ इन्जिनियरहरुले कार्यशालामा प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा हाइड्रोपावर इन्जिनियररिङ्गका करिब ४८ जना विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन देबबहादुर खड्काले पाठ्यक्रम निर्माणमा विद्यार्थी र शिक्षकको बराबर भुमिका हुने भएकोले सबैलाई सक्रिय सहभागीताको लागि आग्रह गरेका थिए ।
इन्जिनियरिङ्ग संकायका डीन डा. गोविन्द लामिछानेले हाइड्रोपावर अध्ययनको महत्व बढ्दै गएको बताए । कार्यशालामा पाठ्यक्रमका अन्तरबस्तुबारे २ दिनसम्म छलफल गरिने आयोजकले बताएको छ ।
प्रतिकृया दिनुहोस्