२५ मंसिर । बागीना समूह सुर्खेतले यही मंसिर २७ गते बागीना साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराइएको हो ।
पछिल्लो समय सुर्खेतमा साँगीतिक माहोल सुनसान हुदै गएको भन्दै बागीनाले साँस्कृतिक जागरण ल्याउन उक्त कार्यक्रमको आयोजना गरेको बागीना समूहका अध्यक्ष गोबिन्द कोइरालाले बताए ।
बिहिबार बेलुकी ५ बजेदेखी साढे २ घण्टा सम्म बागीनाको प्राङ्गणमा खुल्ला रुपले प्रस्तुति हुने कार्यक्रम संयोजक नन्दा बस्यालले जानकारी दिइन् ।
कार्यक्रममा सुर्खेत बाट राष्ट्रिय स्तरसम्म परिचित कलाकारहरु टीका पुन, शिव संगीत, दिपाशा बिसी, सन्ध्या बुढा (काउली बुढी) लगायतको प्रस्तुती रहने बस्यालले बताइन् ।
प्रतिकृया दिनुहोस्