२९ मंसिर । नेपाली काँग्रेसको महासमिति बैठक शुरु भएको छ। शनिबारदेखि काठमाडौंमा सुरू भएको महासमिति बैठकलाई सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका हुन्।
शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो । उद्घाटन सत्रपछि सुरू हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ।
बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरू, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू बैठकमा सहभागी भएका छन्।
महासमिति बैठकमा पार्टीको विधान पनि छलफलका लागि पेस गरिनेछ। बैठक पुस ३ गतेसम्म चल्ने छ ।
प्रतिकृया दिनुहोस्