२९ मंसिर । इञ्जिनियर्स एशोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी भएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचनबाट यादव नेतृत्वको सिङ्गो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जानकारी दिए ।
सभापति यादवले १०५ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक सङ्गठनका हरि केसीले ९९ मत ल्याएका थिए । त्यस्तै, उपसभापतिमा नवराज खतिवडाले ११० मत र उनका निकटतम् प्रतिद्वन्द्वी खुमबहादुर भण्डारीले ९३ मत पाएका थिए ।
सचिवमा ताराकेशर वाग्लेले १२२ मत ल्याई विजय भए भने लोकतान्त्रिक सङ्गठनका जनक भट्टराईले ८१ मत ल्याए । यस्तै सहसचिवमा रवीन महत र कोषाध्यक्षमा विशाल अधिकारीले जित हात पारेका छन् ।
सदस्यमा देवेन्द्र भट्टराई, टीकाराम पोख्रेल, तुलराम शर्मा, उज्ज्वल गिरी, कुमार खेमसुन्दर शाही, यज्ञप्रसाद आचार्य, गोविन्द खत्री, मेघराज खत्री, जीवन कठायत र हेमराज राना विजयी भएका छन् भने केन्द्रीय कार्यकारिणी समिति सदस्यमा प्रगतिशीलका कृष्णप्रसाद पाण्डे विजयी भएका छन् ।
नेपाल इञ्जिनियर्स एशोसिएसनको ३२औं कार्यकारिणी समितिको निर्वाचनमा कर्णाली प्रदेशका २२५ मध्ये २०५ ले मतदान गरेका थिए ।
प्रतिकृया दिनुहोस्