१ पुस । १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ती बालिकालाई बलात्कार गरेको भन्दै रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
गत शुक्रबार घरको गोठमा बाख्रा बाँध्ने क्रममा छिमेकीको घरमा जन्ती आएका ओलीले बालिकालाई गोठभित्रै सेल्फी खिचौं भनेर फकाउँदै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ओलीलाई जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धानलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी सुमित खड्काले बताए ।
त्यसैगरी शनिबार राती त्रिवेणी गाउँपालिका–३ झुल्नेटा स्थित खड्का इलेक्ट्रोनिक्स पसल र संगम सुनचाँदी पसलमा चोरी गरेको भन्दै अर्का एक युवक समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका १९ वर्षीय विजय मल्ल रहेका छन् ।
मल्लको साथबाट प्रहरीले नगद पाँचहजार आठसय ३५ रुपैयाँ, विभिन्न पाँच सेट मोबाईलहरु, क्यामराम एकथान, घडी, रिचार्ज कार्ड र ताला फोड्न प्रयोग गरिएका सामाग्रीहरु समेत बरामद गरेको डीएसपी खड्काले बताए ।
प्रतिकृया दिनुहोस्