१ पुस । मतपेटिकामा फर्जी मत पाइएको भन्दै सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन बदर गर्न माग गरिएको छ ।
मतगणनाका बेला ६ वटा फर्जी मत पाइएपछि संयुक्त प्यानलका सबै उमेदवारहरुले हस्ताक्षर गरी निर्वाचन धाँधली भएको भन्दै बदर गर्न प्रमुख निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् ।
यही मंसिर २९ गते संघको निर्वाचन भएको थियो । निर्वाचन सकिए लगत्तै सोही रातबाट मतगणना शुरु गरिएको थियो ।
९ सय मत गणना भैसकेको र बाँकी ७४४ मत हुनुपर्नेमा ७५० पाइएकोले निर्वाचन परिणाम स्वच्छ नभएको भन्दै सम्पूर्ण प्रकृया बदर गराइदिन उनीहरुले माग गरेका छन् ।
संयुक्त प्यानलबाट प्रकाश उप्रेती र लोकतान्त्रिक प्यानलबाट धनबहादुर रावतको टिमले निर्वाचनमा भाग लिएको थियो । निर्वाचनमा २२ सिटका लागि ४३ जना उमेदबार छन् ।

प्रतिकृया दिनुहोस्