Birendranagar Municipality

गोमा एयरको विमान दुर्घटना : चालकको मृत्यु, दुई घाइते

गोमा एयरको विमान दुर्घटना : चालकको मृत्यु, दुई घाइते

सेरोफेरो
१३ जेठ, सुर्खेत । गोमा एयरको विमान सोलुको लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको कार्गो विमान अवतरणका बेला दुर्घटना भएको हो ।


विमानमा सवार तीन मध्ये चालक पारस राईको उपचारका क्रममा निधन भएको छ । सहचालक श्रीजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको लुक्ला अस्पतालमा उपचार भइरहेको छ ।


खराब मौसमका कारण थप उपचारका लागि घाइतेलाई काठमाडौं लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

२०७३ जेठ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्