२ पुस । महिलाको नेतृत्वमा बराहताल ८ सुर्खेत बेलचौर खुशियाली नमुना गांउ घोषणा भएको छ । सोमबार बेलचौर आमा समुह बराहताल ८ को पांचौ वार्षीक उत्सबको अवसर पारेर आयोजना गरिएको कार्यक्रम बराहताल गांउपालीका र किर्डाक संस्थाको समन्वयमा सम्पन्न भएको हो । बिसवटा सुचकहरु पार गरेर समुहले गांउलाई खुशियाली नमुना गांउ घोषणा गरेको हो ।
बालविवाह नगर्ने, सबै बालबालीका विद्यालय गएको हुने, घरेलुहिंसा मुक्त भएको, प्रत्येक घरमा गोबरग्यास भएको, छोरा र छोरीमा भेदभाब नभएको,खाद्य्बालीमा र नगदेबाली अर्गानिक मल प्रयोग लगाएतका २० वटा सुचक पार गरेपछि गांउलाई खुशियाली नमुना गांउ घोषणा गरेको समुहकी अध्यक्ष निर्मला दर्लामीले बताईन् ।
कार्यक्रममा बोल्दै बराहताल गांउपालीकाका अध्यक्ष तेजबहादुर बस्नेतले गांउलाई नमुना गांउ घोषणा गरेपछि बेलचौरलाई गांउलाई झनै जिम्मेवारी बढेको भन्दै यसमा सचेत रहन आग्रह गरे । उनले भने ‘ २० वटा सुचक पार गरेपछि बलेचौर गांउलाई नमुना गांउ घोषणा गरिएको छ । यो सामान्य कुरा होईन । यस्ता खालको सुचकहरु प्रत्येक वर्ष बढाउने गरी लाग्नु जरुरी छ । ’ नमुना गांउ घोषणा गरेपछि बेलचौरलाई अझ धेरै जिम्मेवारी बढेको भन्दै अध्यक्ष बस्नेतले गांउपालीकाबाट समुुहलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै बराहताल ८ का वडा अध्यक्ष मणिराज कार्कीले बेलचौरका दिदिबहिनीहरुले गरेको कामलाई अन्य क्षेत्रका दिदिबहिनीहरुले पनि सिक्न जरुरी भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै किडाक नेपालका प्रशासकिय अधिकृत भरत शाहिले बराहताल ८ बेलचौरका दिदिबहिनी हरुले गरेको काम एकदमै सराहनिय भएको भन्दै आगामी दिनमा पनि यो कामलाई निरन्तरता दिन आग्रह गरे ।
संस्थाका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत शाहिले व्यक्त गरेका थिए । कार्यक्रम संस्थाको प्रगती प्रतिवेदन, आर्थीक प्रतिवेदन र भावि योजनाका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्