६ पौष । कर्णाली प्रदेशमा रहेका सहकारीहरुलाई उत्पादन र रोजगारी संग जोड्न आवश्यक रहेको कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सीले बताएकी छन् ।
सेरोफेरो संवाद संग कुरा गर्दे मन्त्री केसीले कर्णाली प्रदेशको राजधानी सुर्खेत र अन्य जिल्लामा धेरै सहकारीहरुले ठुलो कारोवार गरिरहेको र अव ठुला साना सवै सहकारीलाई कृषि र उत्पादन क्षेत्रसंग जोडेर रोजगारीको सृजना गरीने उनले बताइन् ।
मन्त्रालयले कर्णाली क्षेत्रको कृषिलाई आधुनिकरण संगै अर्गानिक कृषि पकेट क्षेत्र गराउन लागीपरेको उनको भनाई छ । मन्त्री केसीले प्रदेश सरकारको पहिलो क्याविनेट बैठकले अर्गानिक प्रदेश गराउने निर्णय गरेको बताउदै केसीले यसमा मन्त्रालय कटिबद्ध भएर लागेको बताइन् । उनले भनिन् 'कर्णाली प्रदेश हलसम्म अर्गानिक छ, नजिकका केही जिल्लाहरुको सिमित ठाउँहरुमा मात्र विषादी र रासायनीक पदार्थ प्रयोग गरिएको भएपनी यसलाई विस्तारै कम गर्दे प्राङ्गारीक मल र विउको प्रयोग गरी उत्पादनलाई जोड दिइन्छ ।'
मन्त्रालयको बजेट वितरणका सम्वन्धमा मन्त्री केसीले सवैलाई पक्षपात नगरी आवश्यकता र समानताका हिसावले बजेट विनीयोजन गरीएको र यसलाई निरन्तर अनुगमन मार्फत सहि कार्यान्वयन तर्फ मन्त्रालयको जोड रहेको बताइन् ।
हेर्नुहोस् मन्त्री विमला केसी संगको कुराकानी (भिडियो)
प्रतिकृया दिनुहोस्