Birendranagar Municipality

आगलागी हुँदा २ घरमा आँशिक क्षति

सेरोफेरो/हुम्ला

हुम्लाको सर्केगाड गाउँपालिका ७ स्थित पानीमूलमा आगलागी भएको छ । बिहिबार बेलुका भएको आगलागीमा परी २ वटा घरको माथिल्लो तला जलेर नष्ट भएको छ ।

 

आगलागी भएपछि स्थानीयबासीले माटो र पानीको सहयोगले आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुुसार सुख्खा खरमा आगो सल्केर फैलिएको थियो । आगलागीबाट असौजे जैशी र प्रेम प्रसाद जैशीको घरमा क्षती पुगेको छ । आगोले अन्न तथा जिन्सी सामान जलेर नष्ट भएको छ ।

२०७५ पुस ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्