६ पुस । कञ्चनपुरका गायक रवि ओडले 'नेपाल आइडल-२' अवार्ड जितेका छन् । उनले उपाधिसंगै २२ लाख रुपैया नगद, होण्डा डब्लुआरबी कार र ओप्पो एफ ९ मोवाइल प्राप्त गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको खेल मैदानमा शुक्रबार आयोजित कार्यक्रमबाट उक्त उपाधी घोषणा गरिएको हो ।
गायक विक्रम बरालले फर्स्ट रनर अपको उपाधि पाएका छन् । उनले नगद २० लाख प्राप्त गरेका छन् ।
यस्तै गायक अमित पाठक सेकेण्ड रनर अप बनेका छन् । उनले १२ लाख नगद पाएका छन् ।
नेपाल आइडलमा गायिका अस्मिता अधिकारी थर्ड रनर अप बनेकी छन् । उनी नेपाल आइडल उपाधि जित्ने पहिलो महिला बनेकी छन् । अधिकारीलाई होण्डाको तर्फबाट डियो स्कूटर दिइएको छ ।
विजेता सबैलाई विश्व भ्रमण गराइने आयोजकले जनाएको छ ।
पोखराका गायक बुद्ध लामा पहिलो नेपाल आइडल बनेका थिए ।
एपी वान टिभीले सञ्चालन गर्ने नेपाल आइडल लोकप्रिय रियालिटी शो हो ।
प्रतिकृया दिनुहोस्