Birendranagar Municipality

नेपाल राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य निर्वाचित

सेरोफेरो
नेपाल राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य निर्वाचित

७ पुस । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी)को सङ्गठन कमिटीको सदस्यमा नेपाल निर्वाचित भएको छ ।

 

महासभा समूह अन्तर्गत दुई वर्षका लागि एशिया–प्रशान्त क्षेत्रका देशबाट नेपाल सर्वसम्मत रुपमा शनिबार निर्वाचित भएको हो । 

 

नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

 

नेपालले यही पुस १७ गतेदेखि पदभार सम्हाल्ने छ ।

 

नेपाल विश्व शान्ति स्थापनार्थ सञ्चालित राष्ट्रसङ्घीय शान्ति कार्यदलमा सुरक्षा दस्ता पठाएर योगदान गर्ने विश्वको पाँचौं राष्ट्र हो ।

pbc

२०७५ पुस ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्