८ पुस । सल्यानको कपुरकोटबाट दाङतर्फ आउँदै गरेको कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडको गाडी दुर्घटना हुँदा शुक्रवार अपहरान्न २१ जना शिक्षक र विद्यार्थी तथा २ चालक र सहचालकको दर्दनाक मृत्यु भयो ।
दाङबाट कपुरकोटस्थित बनस्पति उद्यानमा पुग्दा शिक्षक बिद्यार्थीले रमाउँदै सामुहिक तस्विर पनि खिचेका थिए । २१ जना शिक्षक र बिद्यार्थीका लागि त्यो तस्विर मृत्युअघिको अन्तिम तस्विर बनेको छ । कतिपयले सेल्फी खिचेपनि एउटा सामुहिक तस्विर खिचेका थिए ।
तस्विरमा रहेका अधिकांस कलिला किशोर किशोरीले यो संसारबाट विदा लिइसकेका छन् । तस्विर खिचेको केही समयपछि उनीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पोष्ट गरेलगतै यात्राको शुभकामना भन्दै कमेन्ट आउने गरेको स्थानमा श्रद्धान्जलीको लर्को लागेको छ । मृत्यु हुनेहरुका लागि यो अन्तिम तस्विर बन्यो भने बाँचेकाहरुका लागि जीवनभर झस्काउने तिखो सम्झना ।
ईलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सवैभन्दा धेरै जुम्लाका बिद्यार्थी परेका छन् । जुम्लाबाट अध्यायनका लागि दाङ पुगेका बिद्यार्थीहरु दुर्घटनामा परेका हुन् । जुम्लाका मात्र ११ जना बिद्यार्थीको निधन भएको छ । मृत्यु हुनेमा दाङका ६, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका १ १ जना रहेका छन् ।
बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री, दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।
मृत्यु हुनेमा जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ बर्षिया कुशुम रावल, चन्दननाथ नगरपालिका ३ का १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ का २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ का १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षजुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका, शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ का १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्