१० पुस । वीेरेन्द्रनगर ४ भैरवस्थानकी ५२ वर्षीय सरीता भुषालको जीवन एकहिसावले कष्टकर थियो ।
खुट्टामा समस्या भएको कारण उनी सजिलोसंग उठ्न र बस्न पनि सक्तिनथिन् । कसैले उनलाई योग गर्न सल्लाह थियो । पाँच महिनादेखी जीवन विज्ञान योगमा जान थालिन् ।
यो अवधिममा उनको जीवनमा धेरै परिवर्तन आएको छ । भन्छिन्, ‘पहिले मेरो खुट्टामा समस्या थियो । पलेटि कसेर बस्न मिल्दैनथ्यो तर योगमा आएदेखी पलेटि कसेर बस्न मिलेको छ । सहने शक्ति पनि बढेको छ ।’
वीनपा ४ कालागाउँकी शुसीला थापाको अस्वभाविक रुपमा तौल बढ्यो । आफैलाई उकुसमुकुस भएपछि कसरी घटाउने भन्नेमा चिन्तित थिइन् । ८४ किलो शरिर लिएर एक दिन योगा गर्न गइन् । महिनामा एक किलोको दरले ५ किलो घटेको उनको भनाई छ ।
सुर्खेतमा हाल वीनपा ४, ६ र ७ बजारमा जीवन विज्ञान योग सञ्चालन भइरहेको छ । त्यहाँकी प्रशिक्षक हुन् वीरेन्द्रनगर नगरपालीका ७ इत्रामकी ४० वर्षीय निर्मला कोइराला । पेशाले स्वास्थ्यकर्मी कोइराला आफ्नो संगै अरुको स्वास्थ्यमा पनि उत्तिकै चासो राख्छिन् ।
२०७३ सालदेखी जीवन विज्ञानको प्रयोगात्मक प्रयोगशालालाई सुर्खेतमा भित्र्याउनुपर्छ भन्ने सोचले निर्मलाले तालीम लिएर प्रशिक्षकको रुपमा काम गर्दै आएकी छन् ।
जीवन विज्ञानले जीवनको यथार्तलाई बु¤न सहयोग गर्दछ र जिवनलाई विज्ञानसंग जोडेर हेर्छ भन्ने उनलाई लाग्छ । भनिन्, ‘मानसिक तनाब मुक्त र शारिरीक अभ्यासको लागि जीवन विज्ञान योग आवश्यक छ । यसले जीवनलाई सन्तुलन बनाउ“छ ।’
जसले शरिर र मनको लागि काम गरोस भनेर तालीम मुखी र ध्यान तथा साधना मुखी कार्यक्रम सञ्चालन गरीरहेको निर्मलाको भनाई छ ।
विशेषगरी बालबालीकाहरुको लागि ऐश्वर्य विज्ञान सम्बन्धि योग गराईन्छ । त्यसले बालबालीकाको आत्मनिर्णय गर्नमा मद्धत गर्दछ । बालबालीकाले आºनो वास्तबिक क्षमता पहिचान गरेर भविष्यमा के बन्ने र कस्तो काम गर्ने भन्ने कुराको निर्णय लिन सक्छन् ।
वीरेन्द्रनगर ४ भैरवस्थानमा निर्मलाले सञ्चालन गरेको योगमा करिब ५० जना महिलाहरु निरन्तर आउँछन् । जीवन विज्ञानले जिवन नै परिवर्तन गर्छ भन्ने बिस्वास निर्मलालाई छ । उनका अनुसार व्यस्त मानिस तनाबमा हुन्छ । योगले तनाव दुर गर्छ ।
जीवन विज्ञान योग गर्नाले तनाब मुक्त हुने, तौल घटाउने, मनलाई स्वस्थ राख्ने, रोगबाट मुक्त गर्ने लगाएतका काम गर्छ । मानिसको अल्छीपनालाई टाढा राख्न मुख्य सहयोग गर्छ ।
निर्मलाले आगामी दिनमा सुर्खेत जिल्लामा थुप्रै जीवन विज्ञान योग स्थलको स्थापना गर्ने सोच बनाएकी छन् । त्यसको लागि प्रशिक्षक उत्पादनको काम समेत भईहरहेको उनले जानकारी गराइन् ।
प्रतिकृया दिनुहोस्