१२ पुस । कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले राहत संकलन शुरु गरेको छ ।
बिहिबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा खाद्यान्न र जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।
अग्निपीडितहरुलाई जिन्सी सहयोग गर्न चाहनेले संघको कार्यालयमा सामान बुझाउन सक्ने व्यवस्था मिलाइएको कंडेलले बताए ।
यस्तै आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्वारा स्थापित दैवीप्रकोप राहत कोषको खाता नं. ०३३००००३३९सिएमा ईच्छाअनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाइदिन पनि महासचिव कंडेलले आग्रह गरेका छन् ।
मानवीय भावनाले पीडितहरुका लागि राहत संकलन शुरु गरिएको नवनिर्वाचित अध्यक्ष धनबहादुर रातवले बताए ।
प्रतिकृया दिनुहोस्