१३ पौष । साविकको पिलाडीलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । गुराँस गाउँपालिका वडा नम्वर ६ कर्णाली प्रदेशको पहिलो बालमैत्री वडाको रुपमा बिहिवार घोषणा भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धर्मराज रेग्मीले यस वडामा बालबालीकाहरुको आधारभुत अधिकारको ग्यारेन्टी भएको बताएका छन् ।
यसैगरी कार्यक्रममा गाउँपालिका अध्यक्ष खेमराज वलीले गुराँस ६ प्रदेशको पहिलो बालमैत्री घोषणा भएकोमा खुसी व्यक्त गर्दे यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्ष हिमबहादुर वलीले गुराँस ६ मा बालमैत्री स्थानीय शासन लागु गरिएको र यसको कार्यान्वयमा आफु सचेत र चनाखो भएको बताए । उनले आफ्नो एक महिनाको पारिश्रमीक वापतको रकम २० हजार समेत बालकोषमा जम्मा गरेका छन् ।
गाउँपालिकाले ५० हजार सहयोग गरेसंगै ७० हजार बालकोषमा रकम जम्मा भएको छ । यस कार्यक्रम लाई सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा स्थानिय साझेदार संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले सहजीकरण गरेको छ ।
प्रतिकृया दिनुहोस्