सेरोफेरो
१४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले प्रतिश्पर्धी नेपाली कांग्रेसका राजुराज जोशी भन्दा १९ हजार ६ सय ४४ मतान्तरले विजयी हुँदै महानगरको मेयर भए ।
शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाए । विवेकशील नेपाली दलकी रञ्जु दर्शना २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो भइन् । साझा पार्टीका किशोर थापा १८ हजार ४ सय ९६ मतसहित चौथो भएका छन् ।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका हरिप्रभा खड्गी विजयी भएकी छन् । उनले ५८ हजार ९५२ मत पाइन् ।
नवनिर्वाचित नगरप्रमुख, उपप्रमुखलगायत वडा तहका जनप्रतिनिधिको सपथ कार्यक्रम जेठ १७ गते बिहान ११ बजे सभागृहमा हुने प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए। महानगरमा खसेका मध्ये ६ हजार १ सय ८३ मत बदर भएको छ ।
प्रतिकृया दिनुहोस्