१५ पुस । जुम्लामा ब्राउन सुगर सहित दुई जना युवा पक्राउ परेका छन् । अवैध रुपमा ब्राउन सुगर ओसार पसार गरिहेको सुराकीको आधारमा ति युवालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ४ मालाभिडका २३ वर्षका दिप बहादुर खत्रीलाई ६ मिलीग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको डिएसपी सिताराम सिजालले जानकारी दिए । उनलाई १३ को म्याद थप गरि थप अनुसन्धान भईरहेको उनले बताए ।
यस्तै चन्दननाथ नगरपालिका ३ डाँडाकोटका २५ वर्षीय सूर्य नेपालीलाई गाउँ नजिकैको खेतबाट यहि १३ गते प्रक्राउ गरिएको सिजालले जानकारी दिए । नेपालीको शरीर खानतलासी गर्दा ६ मिलिग्राम ब्राउन सुगर भेटिएको थियो । सिजालका अनुसार यस्तो अवैध धन्दामा युवाहरुको सञ्जाल सक्रिय रहेको छ ।
प्रतिकृया दिनुहोस्