१५ पुस । कर्णाली प्रदेश सरकारले श्रमदिनको अवसरमा सदरमुकाम सरसफाई गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले आइतबार कालिकोटको मान्ममा सरसफाई गरेका थिए ।
यस्तै श्रम दिनमा राजनधानी वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रम र शिव मन्दिर क्षेत्रमा पनि सरसफाई गरिएको छ । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा, मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धर र प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया लगायतको सहभागिता रहेको थियो ।
सरसफाईसंगै वृद्धाश्रममा फलफूल वितरण गरिएको सरकारका प्रवक्त विमला केसीले बताइन् ।
प्रतिकृया दिनुहोस्