१६ पुस । इन्द्र सरोवर नेपालको सवैभन्दा ठुलो मानव निर्मित जलाशय हो । कुलेखानी जलविद्युत आयोजनाको मुख्य स्रोतको रुपमा रहेको इन्द्रसरोवरको लम्वाई करिव ८ किलोमिटर छ ।
धेरै आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने यो जलाशय मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ । सुख्खा मौसममा यही जलासयको पानीले कुलेखानी जवविद्युत आयोजना संचालन हुने गर्दछ ।
वरीपरी डाँडाकाँडावाट घेरीयको इन्द्रसरोवरमा साँच्चीकै इन्द्रको वासस्थान स्वर्ग जस्तो लाग्दछ । संघिय राजधानी काठमाडौबाट करिव ५० किलोमिटर र प्रदेश नम्वर ३ को राजधानी हेटौडावाट करिव ३० किलोमिटरको दुरीमा रहेको अवस्थीत छ ।
तस्बिर हेर्नुहोस् :



प्रतिकृया दिनुहोस्