१७ पुस । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त अभिनित गोपी सिनेमाको नयाँ गीत सार्वजनिक गरिएको छ।
गोपीको 'तेरो आफ्नो' बोलको गीत एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गरिएको हो । गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत र शिव परियारको स्वर छ ।
माघ १८ बाट रिलिज हुने सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक लामाले आफ्नो टिमले सिनेमालाई उत्कृष्ट बनाउनमा कुनै कसुर बाँकी नराखेको बताए । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमालाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा आरोही केसीले निर्माण गरेकी हुन् ।
‘गोपीमा विपिन, सुरक्षा र वर्षाका अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, कुन्ति सिमली, हिउँवाला गौतम, रमेश अधिकारी, सरोज अर्याल, केशव राई, कमलमणी नेपाल, अपुर्व गौतम लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
निर्देशक दीपेन्द्र लामाको लेखनमा सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, रवि न्यौपानेको छायांकन, शैलेन्द्र डि कार्कीको डिओपी, गोविन्द राईको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्