Birendranagar Municipality

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

सेरोफेरो
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

१७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

 

नयाँ बर्षको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गरेका छन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।


यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै सन् २०१९ मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।

२०७५ पुस १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्