सेरोफेरो
१४ जेठ, सुर्खेत । पानीले जीव जन्तु र वनस्पति दुबैलाई जीवन प्रदान गर्छ । पानी स्वास्थ्य, सरसफाई र सुन्दरतासंग पनि जोडिएको छ । पानी बिना जीवन असम्भव छ । पानी सभ्यताको मुहान पनि हो । तर निर्मल पानीको व्यवस्थापन र प्रयोगमा जथाभावि गरियो भने वातावरण त धमिलो बन्छ नै स्थानको आवरण र पहिचानमा समेत असर पर्न जान्छ ।
'सुर्खेत बुलबुल ताल' नामले प्रख्यात बुलबुलेको विद्यमान अवस्थाले यसको प्रतिष्ठामा आँच पुर्याएको देखिन्छ । २०३० सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमणपछि उनकै निर्देशनमा बुलबुले उद्यानको विकास, संरक्षण र संवद्र्धन थालिएको थियो ।
सुर्खेत उपत्यकाको बीच भागमा करीब २४ बिगाहा क्षेत्रफलमा रहेको यो उद्यान सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ।
विभिन्न जिल्ला र मुलुकबाहिरबाट समेट पर्यटकहरु यसको अवलोकन गर्न आउँछन् । तर उद्यानको संरक्षण र विकासको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिको लापरवाहीको कारण बुलबुले यसरी कुरुप भएको छ ।
हेर्नुहोस् तस्बिरहरु :
उद्यानको प्रवेशद्वार बाहिर र भित्र राखिएका अव्यवस्थित ढुङ्गाहरु ।
जीर्ण र प्रयोग गर्न नमिल्ने शौचालय ।
सर्वसाधारणले पानी भर्ने दुर्गन्धित ठाउँ ।
सर्वसाधारणले पानी भर्ने दुर्गन्धित ठाउँ ।
जीर्ण तथा आगलागी भएको प्रतिक्षालय ।
बिग्रिएको पानीको फोहरा ।
बाटो तथा नहर छेउछाउको फोहोर ।
अव्यवस्थित नहर ।
अव्यवस्थित फोहोर पानी ।
फोहोर नहर ।
(तस्बिर : सेरोफेरो ।)
प्रतिकृया दिनुहोस्