Birendranagar Municipality

प्रधानमन्त्रीले सम्झे बाल्यकाल- 'कुशलतापूर्वक होमवर्क गर्थें'

सेरोफेरो
प्रधानमन्त्रीले सम्झे बाल्यकाल- 'कुशलतापूर्वक होमवर्क गर्थें'

१७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको मुहारमा खुशी देख्दा आफू पनि खुशी बताएका छन् ।

 

नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् । बालबालिकाले सोधेको प्रश्नको उत्तर दिंदै ओलीले भने, 'नयाँ पुस्ताको चेहेरामा मुस्कान हुनुपर्दछ, मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ, कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुँदैन, समाज समतामुलक हुनुपर्दछ ।' 

 

बाल्यकालबारे बालबालिकाको जिज्ञासामा ओलीले भने, 'म पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको हुँ । प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नुपर्थ्यो । एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क । अर्को घरमै सृजना हुने होमवर्क । जस्तै घाँस, दाउरा काट्ने । गाई बाख्राको हेरचाह आदि । ओलीले भने, दुबैखाले होमवर्क म कुशलतापूर्वक गर्थें ।'


सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैन भन्ने जिज्ञासामा ओलीले भने, 'यो कुरा अब इतिहास भइसक्यो ।' उनले थपे, 'आगामि बर्षदेखि कुनै बालबालिका विद्यालयबाहिर हुँदैनन् ।'


ओलीले बालबालिकालाई अंग्रेजीसंगै मातृभाषामा पनि दख्खल राख्न अनुरोध गरे ।

 

२०७५ पुस १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्