Birendranagar Municipality

बाटोको बरफ हटाउन जनप्रतिनिधि बाट पहल

शुभाकर विश्वकर्मा/जुम्ला
बाटोको बरफ हटाउन जनप्रतिनिधि बाट पहल

१८ पुस । स्थानियलाई परेको समस्यालाई मध्यनजर गर्दै पातारासी गाउँपालिकामा रहेका विभिन्न बाटोमा बरफ जमेपछि जनप्रतिनिधि र कर्मचारी नै पुगेर बाटो खनेका छन् । गाउँपालिकामा स्थानियले बाटो अवरुद्ध हँुदा समस्या भएको गुनासो गरेपछि उपाध्यक्ष पुन्नकली महतारा र प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढाथापाले जमेको बरफलाई छिचोल्न गैटी, सब्बल र बेल्चा लिएर सडकमा उत्रिएका हुन् ।

 

जुम्लामा अध्यधिक चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । तापक्रम माईनस पुगेपछि जिल्लाका ग्रामिण क्षेत्रका बाटोमा बरफ जम्दा आवात जावातमा समेत समस्या भएको छ । डिल्लीचौरमा रहेको बाटोमा बरफ जम्दा स्थानियलाई शास्ती भएको हो ।

 

जनप्रतिनिधि र कर्मचारी सडकमा पुगेपछि स्थानिय उत्साहीत भएका छन् । जनप्रतिनिधि नै कोदालो बोकेर सडकमा आएपछि स्थानियले सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको अनुभव भएको डिल्लीचौरका स्थानिय गोकर्ण बोहोराले बताए । उनले भने, हामीलाई पनि काम गर्न अभिप्रेरित गराएको छ ।

 

अहिले डिल्लीचौर, लासि सडक खण्डका विभिन्न ठाउँमा बरफ जमेका कारण यात्रामा स्थानीयलाई सकस भएको छ । जुम्लाको तापक्रम माईनस ६ डिग्री सम्मपुगेपछि सबै खोला नालामा पानी जमेको पातारासि गाउँपालिकाका आईटी अफिसर प्रेम शाहीले जानकारी दिए ।

 

सडकमा पुरै बरफ जमेका कारण मानिसलाई अवात जावतमा निकै समस्या भएको छ भने सवारी साधन समेत ठप्प भएको उनको भनाइ छ । जिल्लाका विभिन्न क्षेत्रमा समेत यस्तो समस्या देखिएको छ ।

२०७५ पुस १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्