१९ पुस । सिम्ता गाउँपालीकाको आयोजनामा आज दृष्टिविहीनहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विशेसज्ञ चिकित्सकहरुको टोलिले सिम्ता क्षेत्रमा रहेका २० जना दृष्टिविहीन र अन्य अपाङ्गता भएका बालबालीकाहरुको नि शुल्क स्वास्थ्य चेकजाँच गर्नुको साथै औषधी उपचार समेत गरिएको छ ।
बालबालिकाहरुलाई चिसो समयमा विभिन्न खाले समस्या देखिने भएकाले स्वास्थ्य जाँच गरिएको अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष चन्द्रकला शाही तथा स्वास्थ्य शाखा प्रमुख भिमबहादुर नेपाली उपस्थिती रहेको थियो ।
अपाङ्ग उत्थान केन्द्र सिम्तामा जाजरकोट, सल्यान र रुकुमका विभिन्न बालबालीकाहरुले सेवा प्राप्त गरिरहेका अध्यक्ष योगेन्द्र शाहीले जानकारी दिए । यस संगै अपाङ्गता भएका बालबालीकाको लागी प्रदेश सभासद ठम्मर विष्टको आर्थिक सहयोगमा गाउँपालिकाले १० थान सिरक, १० थान डसना र १० थान सिरानी तथा तकिया लगाएतका कपडा समेत वितरण गरिएको अपाङ्ग उत्थान केन्द्र सिम्ताका अध्यक्ष योगेन्द्र शाहीले बताए ।
प्रतिकृया दिनुहोस्