Birendranagar Municipality

पत्रकार रवि लामीछाने पछिल्लो समयमा बिबादित बन्दै

सेरोफेरो/काठमाडौं
पत्रकार रवि लामीछाने पछिल्लो समयमा बिबादित बन्दै

२० पुस । पत्रकार रवि लामिछाने पछिल्लो समयमा चर्चा संगै कहिले काँहि बिवादमा आउने गरेका छन् । केहि समय अगाडी अमेरीकाको नागरीकता नत्यागेर बिबादमा आएका रवि फेरी उनको बैवाहिक जिवनको विषयका कारण बिबादमा तानिएका छन् ।

 

उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको विषयमा मिश्रीत प्रतिक्रिया आएका छन् । उनले आफ्नो फेसबुक मार्फता भनेका छन् "मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न। लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले रबिको कर्तुतू वा रबिको असलीरुप जस्ता शीर्षक रेडि टु पब्लिस अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।"
उनले अमेरीकामा रहँदा समेत बिवाह गरेको समेत उल्लेख गरेका छन् ।

 

उनले अमेरिकामा हुँदा बिदेशी प्रमिका सङ्ग बसेको कुरा समेत उल्लेख गरेका छन् । "अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे। सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए । ६-७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न।"


रवि लामिछाने सवै भन्दा धेरै समय टेलीभिजनमा कार्यक्रम संचालन गर्ने प्रस्तोताको रुपमा रेकर्ड कायम गरेर चर्चामा आए । "सिधा कुरा प्रधानमन्त्री संग" बाट समेत चर्चा पाएका रविले पछिल्लो समयमा "सिधा कुरा जनता संग" बाट समस्याका परेका नेपालीको सहयोग गरेको भन्दै सवैबाट स्यावासी पाउने गरेका छन् ।

 

व्यक्तिगत र पारिवारिक रुपमा बिबादित रविले सार्वजनिक रुपमा सवै कुरा आफ्नो फेसबुुक मार्फत सार्वजनिक गरेका छन् ।

२०७५ पुस २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्