Birendranagar Municipality

आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

सेरोफेरो/सुर्खेत
आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

२२ पुस । पुस ९ गते कालीकोटको पलाँता गाउँपालीका १ खारामा भएको भिषण आगलागीबाट पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरिएको छ ।

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु तथा ऋषी स्मृति प्रतिष्ठानको समन्वयमा संकलन गरिएको रकमबाट आगलागी पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री विगतरण गरिएको विद्यार्थी मिलन बिसीले जानकारी दिए ।


आगलागी पीडित विद्यार्थीहरुका लागी ८० थान झोला र ८० दर्जन कापी कलम वितरण गरिएको विसीले बताए । घटना भएको ठांउसम्म पुगेर विद्यार्थीहरुले शैक्षीक सामाग्री वितरण गरेका हुन् ।

 

२०७५ पुस २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्