Birendranagar Municipality

कर्णाली समृद्धिको आधार कृषि भएको मन्त्री केसीको भनाई

सेरोफेरो/सुर्खेत
कर्णाली समृद्धिको आधार कृषि भएको मन्त्री केसीको भनाई

२३ पुस । कर्णाली प्रदेशको समृद्धिको आधार कृषि भएको सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छन् । राष्ट्रिय किसान आयोगले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कृषि मन्त्री केसीले यस्तो बताएकी हुन् ।


कार्यक्रममा बोल्दै मन्त्री केसीले कर्णालीका किसानहरुको जीवनस्तर परिवर्तन गर्न कर्णाली प्रदेश सरकार लागि परेको समेत बताएकी छन् । कर्णालीको गरिवी अन्त्य गरि किसानको जीवनस्तर उकास्न किसान लक्षित विभिन्न कार्यक्रम गर्न लागेका छौं ।


मन्त्री केसीले भनिन् ‘कर्णालीका किसानहरुलाई प्रत्यक्षरुपमा राहत हुने गरि प्रदेश सरकारले कृषक पेन्सन, गरिवी तथा वास्तविक कृषकको पहिचान, किसान सरकार हातेमालो कार्यक्रम लगाएका कार्यक्रम सञ्चालन गर्ने छ ।’


कृषि कर्णाली प्रदेश सम्बृद्धिको पहिलो आधार हो । मन्त्री केसीले थपिन् ‘किसानले उत्पादन गरेका वस्तुको बजारीकरण नहुदा समस्या भएको छ । यसलाई समेत ब्यवस्था गर्न सरकार लागीपर्नेछ ।’


कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रवहादुर श्रेष्ठले कर्णालीमा कृषीको अथाह सम्भाबना भएकोले आंफुहरु यहांका किसानको समस्या बुझेर काम गर्न तयार भएको बताए । उनले भने ‘कर्णालीमा कृषीको अथाह सम्भाबना छ । सम्भाबना संगसंगै समस्या पनि छ । त्यहि समस्या बुझ्न हामी यो कार्यक्रम गर्दैछौं ।’


कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने सपनालाई पुरा गर्न राष्ट्रिय किसान आयोगले समेत सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बतााए । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य प्रसाद रेग्मी लगाएत आयोगका पदाधीकारीहरु र कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषकहरुको सहभागीता रहेको छ । कार्यक्रम मंगलवार सम्म चल्नेछ ।

 

२०७५ पुस २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्