Birendranagar Municipality

नागरिकको प्रश्न, राष्ट्रिय परिचयपत्र पाएपछि नागरिकता के गर्ने?

सीता वली /सेरोफेरो
नागरिकको प्रश्न, राष्ट्रिय परिचयपत्र पाएपछि नागरिकता के गर्ने?

२३ पुस । सोमबार नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।


जसमा विषय राष्ट्रिय परिचय पत्र सम्वन्धि थियो । राष्ट्रिय परिचयपत्रका बारेमा महानिर्देशक दिपक काफ्लेले प्रस्तुतीकरण दिएपछि कार्यक्रममा सहभागीहरुको प्रश्न थियो राष्ट्रिय परिचय पत्र प्राप्त गरेपछि नागरिकता के गर्ने ? कार्यक्रममा सहभागी गोबिन्द सुवेदिले राष्ट्रिय परिचय पत्र प्राप्त गरेपछि नागरिकता रहन्छ की रहंदैन भन्ने प्रश्न गरे ।


उनले भने ‘नागरिकको राजनितीक अधिकार पनि छ । नागरिकतालाई पन्छाईयो भने अंगीकृत नागरिकता प्राप्त गर्नेहरुको हकमा के व्यवस्था हुन्छ ? ।’ त्यस्तै कार्यक्रममा सहभागी भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी महेशविक्रम शाहले पनि आयोजकलाई प्रश्न सोधिहाले । राष्ट्रिय परिचयच पत्र प्राप्त गरेपछि आम परिचयपत्र के हुन्छ ?


कार्यक्रममा सहभागी अधिकांसले नेपाली नागरिकताको चिन्ता लिएर आयोजकलाई प्रश्न सोधेपछि महानिर्देशक दिपक काफ्लेले जवाफ दिंदै भने यसले नागरिकतालाई बिस्थापित गर्दैन तर नागरिकता भन्दा ठुलो काम गर्छ ।


उनले भने ‘नागरिकलाई राष्ट्रिय परिचयपत्र दिएपछि दोहोरो प्रणालीको अन्त्य हुन्छ । नागरिकताको काम पनि यो परिचयपत्रले गर्छ । तर संविधानमा व्यवस्था भए बमोजिम नागरिकता हटाईहाल्ने चांहि होईन । ’एकपटक परिचयपत्र बनाइएसके पछि नाम, थर, उमेर फेरिएपनि परिचयपत्रको नम्बर भने नफेरिने महानिर्देशक काफ्लेले बताए । 

 

कार्यक्रममा आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीेले राष्ट्रिय परिचय पत्र कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्दै यसले नागरिक अभिलेख भण्डारण सुरक्षीत हुने बताए । उनले भने ‘वास्तबमा राज्यले अझैपनि नागरिक चिनेको छैन । नागरिकलाई राष्ट्रिय परिचयपत्र दिएपछि मात्रै राज्यले नागरिक चिन्नेछ ।’ 

 

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिब रामप्रसाद थपलिया, विभिन्न सुरक्षा निकायका प्रमुख, राजनितीक दलका प्रमुख तथा प्रदेश सभा सदस्य र नागरिक सरोकारवाला निकायको सहभागीता रहेको थियो । यसअघि नेपालका १५ जिल्लामा लागुभएको कार्यक्रम कर्णाली प्रदेशमा पनि लागु हुने भएको हो ।

 

२०७५ पुस २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्