Birendranagar Municipality

विवेकशील साझा पार्टी फुट्यो

सेरोफेरो/काठमाडौं
विवेकशील साझा पार्टी फुट्यो

२७ पुस। विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका दुई संयोजक मध्ये उज्वल थापाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एकताको करिव डेढ वर्षपछि पार्टी फुटेको हो । विवेकशील र साझा पार्टीबीच २०७४ साउन ११ मा एकता भएको थियो ।

 

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

 

थापाले पार्टी र संयोजक मिश्र गलत बाटोमा हिँडेको प्रतिवेदन सार्वजनिक गरेका थिए । पार्टीको प्रस्तावीत नाम ‘विवेकशील नेपाली दल’ रहेको जनाइएको छ ।


पार्टीका संयोजक रवीन्द्र मिश्र पक्षले ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गर्न बाध्य भएको बताएका छन् ।

२०७५ पुस २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्