Birendranagar Municipality

निजी विद्यालयहरुलाई सरकारले पुल्पुल्याएर राख्दैन : प्रधानमन्त्री ओली

सेरोफेरो/काठमाडौं
निजी विद्यालयहरुलाई सरकारले पुल्पुल्याएर राख्दैन : प्रधानमन्त्री ओली

१ माघ । प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भने “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् ।

 

सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्द लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिकछन् र ?” उच्च स्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ को प्रतिवेदन आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाइ रुची अनुसारको शिक्षादिनु पर्ने बताएका छन् । रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

“रुचीअनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुन्छन्” प्रधानमन्त्रीओलीले भने “फूटबलमा रुचीहुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चलाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।”


अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको प्रधानमन्त्री ओलीले बताए । “परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहंदा उसको आत्मविश्वासमा बञ्चरो प्रहार हुन्छ” प्रधानमन्त्री ओलीले थपे “बाल्यकालमै असफलताको बिल्ला भिराइ दिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्यमाथी प्रहार गर्छ ।”


बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताए । “यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाए पनि गुणस्तर वृद्धि खोजेका हौं ” प्रधानमन्त्रीले भने ।

 

आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने प्रधानमन्त्रीले बताए । “आसा छ यो प्रतिवेदन सिफारिस मात्र नबनोस नीति कै रुपमा यसलाई कार्यन्वयन गर्न सकियोस ।” प्रधानमन्त्रीओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेललाई आज बालुवाटारमा एक कार्यक्रमका बीच प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

 

२०७५ माघ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्