Birendranagar Municipality

गणतन्त्र दिवस भव्य रुपमा मानाइयो

गणतन्त्र दिवस भव्य रुपमा मानाइयो

तस्बिर : रोसन सापकोटा/रासस

सेरोफेरो 

१५ जेठ, सुर्खेत । गणतन्त्र दिवस २०७४ को अवसर पारि काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले शान्तिका प्रतीक परेवा उडाइ शुभारम्भ गरेका थिए ।

 

उक्त समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो । समारोहमा सैनिकले हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गरेको थियो ।

 

उक्त समारोहमा सरकारका मन्त्रीहरु, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिहरु सहभागी थिए । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन पारि आजका दिन नेपाल सरकारले हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

 

यसैबीच छैटौं प्रदेशको सम्भावित राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि गणतन्त्र दिवस भव्य रुपमा मनाइएको छ । मंगलगढीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको हलमा गइ शुभकामना आदान प्रदान गरि सम्पन्न भएको छ ।

Photo ganatantra dibasतस्बिर : विनोद ढकाल

कार्यक्रममा क्षेत्रीय प्रशासक बेगेन्द्रराज पौड्याल, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानिय विकास अधिकारी अमृत लम्साल र वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाल लगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

 

२०७४ जेठ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्