Birendranagar Municipality

मलेसियामा मानसिक अवस्था गुमाएर अलपत्र परेका नरेन्द्रलाई नेपाल फर्काइयो (भिडियो)

उनको परिवारमा उनका दुईजना नावालक छोरा बाहेक अरु कोही पनि नभएको उनका नातेदार विकास थापा मगरले बताए । उनको आमा, बुवा र दाईको निधन भईसकेको र श्रीमती समेत छोराहरुलाई छोडेर विवाह गरी गएपछि उनको साहारा कोही नभएको विकासले बताए ।
सेरोफेरो/काठमाडौं
मलेसियामा मानसिक अवस्था गुमाएर अलपत्र परेका नरेन्द्रलाई नेपाल फर्काइयो (भिडियो)

२ माघ । रोजगारीको शिलसिलामा खाडी देश मलेसिया गाएका दैलेख गुराँस गाउँपालिका वडा नं ५ गोगनपानीका नरेन्द्र थापा मगरलाई नेपाल फर्काइएको छ । विगत २ महिनादेखि मानसिक समस्याले ग्रस्त नरेन्द्र काम गर्ने कम्पनी छोडेर मलेसियामा अलपत्र परेर हिडिरहेका थिए ।

 

मलेसियामा रहने धादिङ कुमार तामाङ र दैलेखका तेजबहादुर कार्कीको सहयोग तथा प्रतिनिधी सभा सदस्य पार्वती बिसुन्के, दैलेखका समाजिक अभियान्ता सुनिता चन्द र पत्रकार विष्णु शर्माको समन्वयमा उनको उद्धार गरि नेपाल पठाइएको हो । उनी बुधवार नेपाल एयरलाईन बाट काठमाडौं आइपुगेका छन् ।

 

उनको परिवारमा उनका दुईजना नावालक छोरा बाहेक अरु कोही पनि नभएको उनका नातेदार विकास थापा मगरले बताए । उनको आमा, बुवा र दाईको निधन भईसकेको र श्रीमती समेत छोराहरुलाई छोडेर विवाह गरी गएपछि उनको साहारा कोही नभएको विकासले बताए ।


मलेसियाबाट उनलाई विभिन्न प्रक्रिया पुर्‍याएर नेपाल पठाउन लामो समय खट्नु परेको र उनलाई नेपाल पठाउन पाउँदा ज्यादै खुसी भएको तेजबहादुर कार्कीले बताए ।

 

कुमार तामाङले समन्व्य गरेर जानकारी दिएपछि सामाजिक सञ्जालबाट जानकारी गराउदै अन्य विभिन्न प्रक्रियाको लागी सरोकारवाला कार्यालयहरु संग समन्वय गर्दा नरेन्द्र नेपाल आउन सफल भएको पत्रकार विष्णु शर्माले बताए । आगामी दिनमा उनको घर निर्माण र छोराहरुको पठनपाठनमा सहयोग जुटाउन लागीने समेत शर्माले जानकारी दिए ।

 

गाउँपालिकावाट तत्काल उपाचारको लागी आर्थिक सहयोग स्वरुप पैतिस हजार सहयोग गरिएको र आगामी दिनको बालबालीको अध्ययन र उनको पुर्नस्थापनको लागी गाउँपालिकाले भुमीका खेल्ने गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

 

उनलाई नेपाल सम्म ल्याउन सवै नेपालीहरुले ठुलो सहयोग गरेको र अव उनको उपचार तथा स्वदेशमा नै बस्न सक्ने वातावरण गराउन सवैले सहयोग गर्नुपर्ने प्रतिनिधी सभा सदस्य पार्वति बिसुन्केले बताइन् । उनले भनिन् "उनको सर्वोस्व गुमेको छ, परिवारमा उनलाई साहारा दिने कोही छैन, उनलाई हौसला र सान्त्वनाको खाँचो छ । सवै नेपालीहरुले उनको उजाड जिवनलाई पहिलाको अवस्थामा ल्याउन सहयोग गर्न आवश्यक छ ।"

 

नरेन्द्र थापाको उपचार र पुर्नस्थापनको लागी सक्दो सहयोग गर्ने प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुल प्रसाद कार्कीले जानकारी दिए । नरेन्द्र हाल प्रवासी नेपाली समन्वय समिति अनामनगरको आवास गृहमा छन् । 

२०७५ माघ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्