५ माघ,काठमाडौं । बाग्मती सफाई महाअभियान शुरु भएको आज २९७ हप्ता पुगेको छ । सभ्याताको प्रतिक बाग्मती नदीको सफाई आज सरोकारवाला निकाय र सर्वसाधरणको उपस्थितीमा सम्पन्न भएको छ । सफाई महा अभियानमा प्रदेश नम्वर ३ का सांसद दिपेन्द्र श्रेष्ठ र कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले समेत सहभागीता जनाएका थिए ।
कार्यक्रममा नेपाली सेनाको निलबराही गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौ महानगरपालीका, नेपाल रेयुकाइ, गायत्री परिवार, मुक्तिनाथ विकास बैङ लगायत अन्य सरोकारवाला र सर्वसाधरणको उपस्थितीमा गरिएको छ ।
थापाथली देखि करिव ३०० मिटर क्षेत्रको नदीको फोहोर संकलन गरीएको अभियन्ता चक्रबहादुर चन्दले बताए । कार्यक्रममा सवै सरोकारवालाहरुले ठुलो भुमीका खेलेको बाग्मती सफाई महा अभियानका अध्यक्ष नरेन्द्रराज बस्नेतले वताए । सरसफाई महाअभियानको ३०० हप्ताको समेत तयारी भईरहेको आयोजकले बताएको छ ।
सरसफाई महाअभियानको फोटोहरु
बाग्मती सफाई महाअभियान भिडियो :
प्रतिकृया दिनुहोस्