Birendranagar Municipality

प्रथम बेटी सम्मेलनको तयारी तिव्र

सेरोफेरो/सुर्खेत
प्रथम बेटी सम्मेलनको तयारी तिव्र

६ माघ । आसनमा महिला, भाषणमा महिला र शासनमा महिला हुनुपर्छ भन्दै मुलधार महिला सेवा केन्द्रको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ ।


आशनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रथम बेटी सम्मेलनको बारेमा जानकारी दिने उद्देश्यले सातवटै प्रदेशमा संवाद तथा छलफल कार्यक्रम शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।


महिला अंकित स्तम्भ निर्माण गर्ने उद्देश्यका साथ महिनावारी हुने महिलाहरुको लागि सरकारीस्तरबाटै निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्नु पर्ने मागसहित आयोजना हुन लागेको उक्त बेटी सम्मेलनमा सरकारी तथा गैरसरकारी सबै पक्षको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।


कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी महेशविक्रम शाहले कार्यक्रममा बोल्दै प्रहरीलाई सहयोग गर्ने यस्ता अभियान सञ्चालन गर्नु आवश्यक भएको बताए । उनले भने महिलाको सुरक्षाका लागी महिलामात्रै होईन पुरुषहरुले पनि सहयोग गर्नुपर्छ । ’ यसको लागी आंफुपनि तयार भएको डिआईजी शाहले बताए ।


कर्णाली प्रदेश सभा सदस्य राजु नेपालीले महिला हिंसा कम गर्नु र महिलाको स्वास्थ्यलाई ख्याल गरेर उनीहरुको आवश्यकता अनुसारको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताइन् ।


उनले भनिन् ‘समानता, समावेशी र मानव अधिकारका लागि महिला हिंसा अन्त्यको जरुरी छ । यसमा सबै लाग्नुपर्छ । ’
यसैगरी महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गीरीले महिलाहरुका लागी यस्ता अभियान शाहसका रुपमा प्रस्तुुत हुने र आंफुहरुले पनि यो अभियानलाई सहयोग गर्ने बताईन् ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले ‘महिला हिंसा कम गर्ने लगायत महिलालाई साँच्चिकै भाषण, आशन र शासनमा पु¥याउनका लागि शैक्षिक जनचेतनाको खाँचो रहेको बताए ।’


संस्थाका अध्यक्ष नजबुल खानले उदयपुरमा हुने उक्त बेटी सम्मेलनमा सबैको सहभागीताको लागि अनुरोध गरेकी छन् । उनले भनिन् ‘ आशन, भाषण र शासनमा महिला पु¥याउने र उनीहरुको स्वास्थ्यका लागि सेनिटरी प्याड निःशुल्क हुनु पर्छ भन्ने आवाज बुलंँद गर्दै उदयपुर घोषणा पत्र समेत जारी गरिनेछ । यसमा सबैको साथ र सहयोग चाहिन्छ ।’


म मुस्लिम समुदायको छोरी भएर पनि देशभरका सबै छोरीको अधिकारका लागी लडिरहेकी छु । उनले थपिन् ‘ नेपालका शहरी भनेका क्षेत्रहरुमा त महिलाहरु कति पिडित छन् भने पहाडि तथा हिमाली क्षेत्रमा के हालत होला । त्यसैले सबै क्षेत्रबाट बेटि अभियानलाइ सफल बनाउनुपर्छ ।’ कार्यक्रममा कार्यक्रममा विभिन्न महिला अधिकार कर्मी,समाजसेवी हरुको सहभागीता रहेको थियो ।

 

२०७५ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्