६ माघ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ।
बैठकले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेल, समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिस गरेको छ।
सिफारिस भएका अध्यक्षहरूको संसदीय सुनुवाइ हुनेछ। समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन्।
आयोगका अन्य सदस्यहरू भने नियुक्त गर्न बाँकी रहेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री स्वीट्जरल्याण्ड भ्रमण जानुअघि बसेको परिषद् बैठकले उक्त सिफारिस गरेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित थिए।
प्रतिकृया दिनुहोस्