७ माघ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार हुम्लामा ४० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो ज्याकेट र सुरवाल वितरण गरिएको हो ।
खार्पुनाथका ११ जनालाई न्यानो लुगा वितरण गरिएको जिल्ला समन्वय समितिका इन्जिनियर देवि ऐडीले बताए । यस्तै सिमकोट गाउँपालिकाका २९ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले जानकारी दिइन् । न्यानो लुगा पाउँदा खुशी लागेको सिमकोट ३ का छिरिङ फुन्जोक लामाले बताईन् ।
न्यानो लुगा वितरण कार्यक्रममा हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावतलगायतको उपस्थिति रहेको थियो ।
टोलीले लामो समय देखि सिमकोट तल्लो बजारको एक गल्लीमा सुत्दै आएका सिद्ध कामीलाई पनि न्यानो लुगा उपलब्ध गराएको थियो ।
प्रतिकृया दिनुहोस्