Birendranagar Municipality

‘कारागारलाई किताब’का अभियन्ता डिआइजी शाह जेलमा

सेरोफेरो
‘कारागारलाई किताब’का अभियन्ता डिआइजी शाह जेलमा

८ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआइजी महेशबिक्रम शाहले सोमबार कारागार कार्यालय सुर्खेतको निरीक्षण गरे । उनले त्यहाँ रहेको पुस्तकालय मात्र हेरेनन् त्यहाँका कैदीबन्दीहरुसंग भेट पनि गरे ।

 

कर्णाली प्रदेशमा कारागारलाई किताब अभियान संञ्चालन भएको विषयको जानकारी दिन र कारागारमा रहेको पुस्तकालयको अवस्था समेत बुझ्न आफू निरीक्षणमा गएको डिआईजी शाहले जानकारी दिए ।

 

उनले भने, ‘कारागार कार्यालयमा भएको पुस्तकालयको अबस्था मैले बुझ्दा खासै व्यवस्थित देखिएन । पुराना किताबहरु मात्रै भेटिए । त्यसको लागि आवश्यक दराज र फर्निचर व्यवस्था गर्न वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गरेको छु ।’ उनले थपे, ‘कारागारका कैदीहरु एकदमै खुसी हुनभएको छ । किताब पढेर जीवनमा केही गर्न सक्ने आशा उहाँहरुले बटुल्नु भएको छ ।’

 

कारागारलाई किताब अभियानको लागि काठमाडौंमा करीब १ हजार किताब संकलन भएको र कर्णालीका सबै जिल्लाहरुमा पनि थुप्रै किताब संकलन भइसकेको पनि शाहले बताए ।

 

आगामि फागुनमा शिक्षा दिवसको अवसर पारेर प्रदेशका सबै जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिने तयारी भैरहेको छ ।

4

२०७५ माघ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्